Trending
>>   अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेतवार्ता >>   पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव >>   देउवाद्वारा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त >>   जाडो छल्न आगन्तुक चरा चितवनमा >>   बमको धम्कीपछि इन्डिगोको विमानलाई आकस्मिक अवतरण गराइयो >>   आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल >>   १५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणको निर्देशन >>   गण्डकी प्रदेश सांसद बिमला गौचनको निधन >>   स्वाट्टै घट्यो सुनको मूल्य,आज कतिमा भईरहेको छ कारोबार ? >>   पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
Logo
२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

एमालेले अवरोध गरेपछि बुधबारसम्मका लागि स्थगित भयो राष्ट्रियसभा बैठक


२२ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)ले  सुन प्रकरणबारे  छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताइन् । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उनले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिइन्  ।

“सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ?”, उनले भनिन्, “यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ ।”

सांसद रावलले उच्चस्तरीय समिति बनाएर यसमा संलग्न उच्च राजनीतिक एवं प्रशासनिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर झण्डै एक सय किलो सुन बाहिरिएको विषयमा उच्चस्तरीय समिति नबनाएसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएको छ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा करिब एक सय किलो सुन बरामद गरेको थियो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै  बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए । एमाले सांसदहरूले आसनबाट उठेर विरोध कायमै राखेकाले उनले सभाको अर्को बैठक यही साउन २४ गते बुधबार अपराह्न १ः०१ बजे बस्नेगरी स्थगित गरे ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?