Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

बस दुर्घटनामा २४ जनाको मृत्यु


२२ श्रावण, एजेन्सी । मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोरोक्को र अन्य उत्तर अफ्रिकी मुलुकका सडकमा अत्यधिक दुर्घटनाहरू हुने गरेका छन् । वर्षेनी हजारौं सडक दुर्घटनाहरू हुँदा हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

गत मार्चमहिनामा मोरक्को ब्राचौआको ग्रामीण शहरमा मिनीबस अनियन्त्रित भई रुखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यहाँका धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न ठूला बस र मिनीबसहरू प्रयोग गर्छन् ।

गत वर्षको अगष्टमा मोरक्कोको आर्थिक राजधानी कासाब्लान्काको पूर्वमा एउटा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

राष्ट्रिय सडक सुरक्षा एजेन्सीका अनुसार मोरक्कोमा हरेक वर्ष औसत तीन हजार ५०० व्यक्तिको सडक दुर्घटनाबाटबाट मृत्यु हुने गरेको र १२ हजार व्यक्ति घाइते हुने गरेका छन् ।

पिछिल्लो बर्ष यो तथ्याङ्क करीब तीन हजार २०० रहेको थियो ।

सन् २०१२ मा देशको इतिहासकै सबैभन्दा खराबमध्येको एक बस दुर्घटनामा परी ४२ जनाको मृत्यु भएपछि अधिकारीहरूले सन् २०२६ सम्ममा मृत्युदर आधा गर्ने तयारी गरेका थिए ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?