Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

सांसदलाई आफ्नो भूमिकामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन


२२ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन् ।

उनले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको निर्देशन रहेको जानकारी गरारे ।

प्रधानमन्त्रीले सभामुखसँग दलको शीर्ष नेताको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताएको जानकारी उनले दिए ।

‘‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले लिएको निर्णयहरु व्यवहारमा कार्यान्वयन गर्नका लागि, सदन सुचारु गर्नका लागि, सत्ता पक्षको मात्र होइन समग्र नेपाली जनताको भावनाहरुलाई पनि समेटेर, सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि हाम्रो सङ्घीय संसदको भूमिकालाई अझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो ।,’’ प्रमुख सचेतक पाण्डेले भने, ‘‘त्यसका साथै समिति सभापतिहरु हामीले छिट्टै निर्वाचन गर्नुपर्ने छ । त्यसका बारेमा पनि कुरा गर्नुपर्ने छ । संसद सञ्चालन गर्नका लागि, सभापति लगायतका अरु विषयका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरु लगायत अन्य मुख्य मुख्य दलका नेताहरुसँग, सँगसँगै सत्तापक्षका अरु नेताहरुसँग पनि छलफल गरेर ठोस निचोड निकालिन्छ । आज नै सभामुखले शीर्ष नेताहरुसँग छलफल बोलाउनुभएको छ । त्यो छलफलपछि आवश्यक निर्देशनहरु जानकारी गराउनेछौँ भनेर उहाँले निर्देशित गराउनुभएको छ ।’’

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताएको पाण्डेले उल्लेख गरे ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?