Trending
>>   आज मिति २०८२ साल जेठ ०१ गते बिहिबार ,हेर्नूहोस् आजको राशिफल >>   सरकारले आयोजना बैंक स्थापना गर्ने >>   संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु, प्रदेशतर्फ ५ अर्ब २ करोड बेरुजु >>   १ रुपैंयाको विवाह ! >>   ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन >>   विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैनः अर्थमन्त्री पौडेल >>   फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैनः अध्यक्ष बस्नेत >>   देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैनः वामदेव गौतम >>   बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा >>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ
Logo
२ जेष्ठ २०८२, बिहीबार
२ जेष्ठ २०८२, बिहीबार

नेपाल महिला सङ्घको अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग


२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले विधानविपरित काम गर्न संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरेका छन् । सङ्घको केन्द्रीय समितिले आज अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान अध्यक्षले विधान विपरित १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सङ्घको केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रिता शाहीलाई सङ्घको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन् ।

“पार्टीलाई एकढिक्का बनाएर सङ्गठन सुदृढिकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,”– उनले भनिन् ।

महिला सङ्घको वर्तमान अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहा सभापति विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, ईलाम अध्यक्ष निर्मला सन्जेल, महोत्तरी अध्यक्ष विना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरि, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाएकी छन् ।

महिला सङ्घकी केन्द्रीय सदस्य डा अमिता प्रधान शाक्यले विधानविपरित हटाइएका जिल्ला अध्यक्षलाई पुर्नबहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने बताइन् । “अध्यक्ष ज्यूलाई सच्चिने मौका दिएका छौँ, नसच्चिए सबै जिल्लामा समानान्तर समिति गठन गरेर अगाडि बढ्छौँ,”– उनले भनिन् ।

केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले आफ्नो गतिविधी अगाडि बढाएको बताइन् । महिला सङ्घले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्न माग समेत गरेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?