Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

महिला संघका असन्तुष्टको चेतावनी: विधानविपरीतका काम नसच्याए समानान्तर समिति र गतिविधि


२२ श्रावण, काठमाडाैँ । कांग्रेस भ्रातृ संस्था नेपाल महिला संघका असन्तुष्ट केन्द्रीय सदस्यले विधानविपरीत जिल्लाका निर्वाचित समितिहरु भंग गर्ने महिला संघ सभापतिलाई बर्खास्त गर्न माग गरेका छन् ।

उनीहरुले गौशालामा पत्रकार सम्मेलन गरी ३ दिनभित्र विधानविपरीतका कार्य नसच्याए देशैभरी समानान्तर समिति र गतिविधि गर्ने महिला संघका २० जना केन्द्रीय सदस्यहरुको सामूहिक चेतावनी दिएका  छन् ।

महिला सङ्घको वर्तमान अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बाराका अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहाका अध्यक्ष बिमला निरौला, ताप्लेजुङका अध्यक्ष मीना गुरुङ, इलामका अध्यक्ष निर्मला सन्जेल, महोत्तरीका अध्यक्ष बिना तिवारी, रौतहटका अध्यक्ष भुवनी गिरी, कास्कीका अध्यक्ष कोपिला रानाभाट, झापाका अध्यक्ष सुशीला ढकाल र हुम्लाका अध्यक्ष विजया बुढालाई हटाएकी थिइन् ।

महिला सङ्घकी केन्द्रीय सदस्य डा अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनःबहाली गर्न माग गरिन् । केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले आफ्नो गतिविधि अगाडि बढाएको आरोप लगाइन् । महिला सङ्घले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्नसमेत माग गरेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?