Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महिला संघका असन्तुष्टको चेतावनी: विधानविपरीतका काम नसच्याए समानान्तर समिति र गतिविधि


२२ श्रावण, काठमाडाैँ । कांग्रेस भ्रातृ संस्था नेपाल महिला संघका असन्तुष्ट केन्द्रीय सदस्यले विधानविपरीत जिल्लाका निर्वाचित समितिहरु भंग गर्ने महिला संघ सभापतिलाई बर्खास्त गर्न माग गरेका छन् ।

उनीहरुले गौशालामा पत्रकार सम्मेलन गरी ३ दिनभित्र विधानविपरीतका कार्य नसच्याए देशैभरी समानान्तर समिति र गतिविधि गर्ने महिला संघका २० जना केन्द्रीय सदस्यहरुको सामूहिक चेतावनी दिएका  छन् ।

महिला सङ्घको वर्तमान अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बाराका अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहाका अध्यक्ष बिमला निरौला, ताप्लेजुङका अध्यक्ष मीना गुरुङ, इलामका अध्यक्ष निर्मला सन्जेल, महोत्तरीका अध्यक्ष बिना तिवारी, रौतहटका अध्यक्ष भुवनी गिरी, कास्कीका अध्यक्ष कोपिला रानाभाट, झापाका अध्यक्ष सुशीला ढकाल र हुम्लाका अध्यक्ष विजया बुढालाई हटाएकी थिइन् ।

महिला सङ्घकी केन्द्रीय सदस्य डा अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनःबहाली गर्न माग गरिन् । केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले आफ्नो गतिविधि अगाडि बढाएको आरोप लगाइन् । महिला सङ्घले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्नसमेत माग गरेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?