Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

लघुकथा-“नेतृत्व”


-मधु आचार्य ,कांग्रेस केन्द्रीय सदस्य

एउटा गाउँमा एक पटक आगो लागिरहेको थियो । आगलागी बढ्दै गएपछि गाउँलेहरू ज्यान जोगाउन यता उता दौडिरहेका थिए । एउटा चराले यो दृश्य देख्यो र आगो निभाउन चाह्यो । उसले बारम्बार आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा खन्याउँन थाल्यो । चराले आगोमा पानी हालेको देखेपछि गाउँलेहरू यो चराले कोसिस गर्छ भने हामीले किन सक्दैनौं भनेर तात्तिए । सबैले गाग्री भरेर पानी हाल्न थाले र आगो निभ्यो।

अर्को एउटा कागले यो सबै हेरिरहेको थियो । उसले चरालाई भन्यो, “तैइले पानी खन्याएर केही हुनेवाला त थिएन, फेरीपनि किन यस्तो जोस्सिएको ?” चराले भन्यो, “मैले पानी खन्याएर केही भएको होस् या नहोस्, तर मलाई गर्व छ कि यो आगो निभ्यो। ठूलो नोक्सानीबाट गाऊँ बाच्यो। यो निभाउनमा मेरो होइन, गाउँहरुकै प्रमुख हात छ । तर पनि मलाई के मा खुसी छ भने- म पनि आगो निभाउनेमा गनिन्छु, तिमी जस्तो तमाशा हेर्नेमा होइन ।”


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?