Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लघुकथा-“नेतृत्व”


-मधु आचार्य ,कांग्रेस केन्द्रीय सदस्य

एउटा गाउँमा एक पटक आगो लागिरहेको थियो । आगलागी बढ्दै गएपछि गाउँलेहरू ज्यान जोगाउन यता उता दौडिरहेका थिए । एउटा चराले यो दृश्य देख्यो र आगो निभाउन चाह्यो । उसले बारम्बार आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा खन्याउँन थाल्यो । चराले आगोमा पानी हालेको देखेपछि गाउँलेहरू यो चराले कोसिस गर्छ भने हामीले किन सक्दैनौं भनेर तात्तिए । सबैले गाग्री भरेर पानी हाल्न थाले र आगो निभ्यो।

अर्को एउटा कागले यो सबै हेरिरहेको थियो । उसले चरालाई भन्यो, “तैइले पानी खन्याएर केही हुनेवाला त थिएन, फेरीपनि किन यस्तो जोस्सिएको ?” चराले भन्यो, “मैले पानी खन्याएर केही भएको होस् या नहोस्, तर मलाई गर्व छ कि यो आगो निभ्यो। ठूलो नोक्सानीबाट गाऊँ बाच्यो। यो निभाउनमा मेरो होइन, गाउँहरुकै प्रमुख हात छ । तर पनि मलाई के मा खुसी छ भने- म पनि आगो निभाउनेमा गनिन्छु, तिमी जस्तो तमाशा हेर्नेमा होइन ।”


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?