Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले


अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको केसन्द्रय सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै तत्काल रिहाइको माग गरेका छन् । अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै तत्काल रिहाइको माग। गर्ने निर्णय भएको बताएका छन् । यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको ठहर एमालेको रहेको पनि बताए । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् । राजनीतिक दलहरू, नागरिक समाज र आम जनसमुदायलाई कानूनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि संयुक्त पहलकदमी गर्न अनुरोध गर्ने निर्णय भएको पनि महासचिव पोखरेलको भनाइ छ ।

भोलि देशभर विरोध प्रदर्शन
महासचिव पोखरेलकाअनुसार गिरफ्तारीको विरोधमा चैत्र १५ गते आईतवार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाइनेछ । पार्टी संवद्ध जनसंगठनहरूले आजैबाट विरोध प्रदर्शनका कार्यक्रमहरू शुरु गर्ने जानकारी दिएका छन् । उपाध्यक्ष विष्णु पौडेलले अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वयको नेतृत्व गर्नुहुने निर्णय भएको पनि महासचिव पोखरेलले बताएका छन् । बैठकले उपाध्यक्ष गोकर्ण विष्टले कानूनविदहरूसँग परामर्श गरी कानूनी लडाइँको संयोजन गर्नुहुने निर्णय गरेको महासभिव पोखरेलले बताए । पार्टीले अध्यक्ष ओलीको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधरहरूलाई चिन्तित तुल्याएको छ र यस प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानूनी र राजनीतिक प्रतिवाद गर्ने बताएका छन् । समस्त पार्टी पंक्तिलाई विचलित नभई एकताका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?