Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

गाह्रो बुझ्नलाई


सागर फुयाल

हाँसोहरू बुझिन्छ सहजै
तिनैभित्र लुकेका सन्नाटा गाह्रो बुझ्नलाई
शब्दहरू सुनिन्छ प्रष्टै
तिनैभित्र नबोलिएका शब्द गाह्रो सुन्नलाई
हरफहरू पढिन्छ लहरै
तिनैभित्र नलेखिएका हरफ गाह्रो पढ्नलाई
त्यसैले त सजिलै चर्किन्छन् सेतुहरू, मन-मुटु जोडेका
सजिलै मक्किन्छन् दलिन र थामहरू, भरोसा बोकेका ॥

बर्लिन, जर्मनी


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?