Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गाह्रो बुझ्नलाई


सागर फुयाल

हाँसोहरू बुझिन्छ सहजै
तिनैभित्र लुकेका सन्नाटा गाह्रो बुझ्नलाई
शब्दहरू सुनिन्छ प्रष्टै
तिनैभित्र नबोलिएका शब्द गाह्रो सुन्नलाई
हरफहरू पढिन्छ लहरै
तिनैभित्र नलेखिएका हरफ गाह्रो पढ्नलाई
त्यसैले त सजिलै चर्किन्छन् सेतुहरू, मन-मुटु जोडेका
सजिलै मक्किन्छन् दलिन र थामहरू, भरोसा बोकेका ॥

बर्लिन, जर्मनी


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?