Trending
>>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा >>   राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली >>   कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई >>   यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट >>   खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर >>   महेश बस्नेतको आह्वान: “राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलनमा सहभागी बनौं”
Logo
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार

प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित


नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ । देशका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको शुरुवात गरेको उहाँले आरोप लगाउनुभएको हो । उहाँले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासन नभई द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिनुभयो । पण्डितकाअनुसार पार्टीले राजनीतिक प्रतिवाद गर्नेछ । जुन सडक संघर्ष मात्र नभई अन्य विभिन्न स्वरूपको हुनसक्छ । उहाँले पार्टीको बैठक बसिरहेको र निर्णय छिट्टै सार्वजनिक हुने जानकारी दिँदै कानूनी लडाईं समेत लड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको शुरुवात गरिएको छ । प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन । त्यसकारणले गर्दाखेरि प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौं, कानूनी उपचारको पक्षमा जान्छौं । राजनीतिक पार्टी र राजनीतिक पार्टीको नेता नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको पूर्वगृहमन्त्री समेत एकैचोटी पक्राउ जुन गरिएको छ, यो प्रतिशोधको राजनीतिको शुरुवात गरिएको हुनाले गर्दा यसको प्रतिवाद नेकपा एमालेले गर्छ । नेपाली काँग्रेसले के गर्छ अरु थाहा छैन । नेपाली काँग्रेसले नै निर्णय गर्ने कुरा हो । र जनताको बीचमा प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व होइन सुशासन होइन द्वन्द्वको अवस्था निम्तिने देखिएको कारणले द्वन्द्वबाट आएका लुटपाट, आगजनी, तोडफोडबाटै शुरुवात गरेकाले फेरि पनि त्यो दिशालाई निरन्तरता दिन यदि प्रयत्न गर्छन् भने, अराजकता उत्पन्न गर्छन् भने, संविधान र कानूनी मान्यताको पालना गर्दैनन् भने, नेपाली जनता, नेपालका राजनीतिक पार्टीहरुले प्रतिवाद गर्ने बाहेकको विकल्प रहँदैन भन्ने मलाई लाग्छ । र यो पक्राउको निर्णय पहिलो निर्णय दुर्भाग्यपूर्ण छ र यसले अशान्ति निम्त्याउँछ भन्ने मलाई लागिरहेको छ । राजनीतिक पार्टीले राजनीतिक प्रतिवाद गर्छ । राजनीतिक प्रतिवाद सडक संघर्ष मात्रै होइन, त्यो भन्दा धेरै प्रकारको हुनसक्छ । पार्टीको अहिले बैठक बसिरहेको छ । हामी यो बैठकका निर्णय आएपछि तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ। तर राजनीतिक प्रतिवाद गर्छौं, कानुनी लडाइँ लड्छौं । अब समय अनुकूल, मुद्दा अनुकूल र राजनीतिक पार्टीले गर्ने राजनीतिक निर्णयमा भर पर्ने भएको कारणले अब म भन्न चाहन्छु, प्रधानमन्त्री भइसकेपछि कुनै ठाउँमा कतै पनि प्रहरीले गोली चलाउँछ कि चलाउँदैन ? यदि कुनै ठाउँमा गोली चल्यो भने फेरि प्रधानमन्त्री नै फेरि जेल जानुपर्ने, गृहमन्त्री नै फेरि जेल जानुपर्ने स्थिति भयो भने देशको कुनै पनि गृहमन्त्री, कुनैपनि प्रधानमन्त्री सुरक्षित रहनेछैन ।’ उहाँले पक्राउको यो पहिलो निर्णय दुर्भाग्यपूर्ण रहेको र यसले देशमा अशान्ति निम्त्याउने दाबी गर्नुभयो ।

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन् ।

देशका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको शुरुवात गरेको उनले आरोप लगाए । उनले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासन नभई द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिनुभयो । पण्डितकाअनुसार पार्टीले राजनीतिक प्रतिवाद गर्नेछ । जुन सडक संघर्ष मात्र नभई अन्य विभिन्न स्वरूपको हुनसक्छ । उहाँले पार्टीको बैठक बसिरहेको र निर्णय छिट्टै सार्वजनिक हुने जानकारी दिँदै कानूनी लडाईं समेत लड्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको शुरुवात गरिएको छ । प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन । त्यसकारणले गर्दाखेरि प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौं, कानूनी उपचारको पक्षमा जान्छौं । राजनीतिक पार्टी र राजनीतिक पार्टीको नेता नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको पूर्वगृहमन्त्री समेत एकैचोटी पक्राउ जुन गरिएको छ, यो प्रतिशोधको राजनीतिको शुरुवात गरिएको हुनाले गर्दा यसको प्रतिवाद नेकपा एमालेले गर्छ । नेपाली काँग्रेसले के गर्छ अरु थाहा छैन । नेपाली काँग्रेसले नै निर्णय गर्ने कुरा हो । र जनताको बीचमा प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व होइन सुशासन होइन द्वन्द्वको अवस्था निम्तिने देखिएको कारणले द्वन्द्वबाट आएका लुटपाट, आगजनी, तोडफोडबाटै शुरुवात गरेकाले फेरि पनि त्यो दिशालाई निरन्तरता दिन यदि प्रयत्न गर्छन् भने, अराजकता उत्पन्न गर्छन् भने, संविधान र कानूनी मान्यताको पालना गर्दैनन् भने, नेपाली जनता, नेपालका राजनीतिक पार्टीहरुले प्रतिवाद गर्ने बाहेकको विकल्प रहँदैन भन्ने मलाई लाग्छ । र यो पक्राउको निर्णय पहिलो निर्णय दुर्भाग्यपूर्ण छ र यसले अशान्ति निम्त्याउँछ भन्ने मलाई लागिरहेको छ । राजनीतिक पार्टीले राजनीतिक प्रतिवाद गर्छ । राजनीतिक प्रतिवाद सडक संघर्ष मात्रै होइन, त्यो भन्दा धेरै प्रकारको हुनसक्छ । पार्टीको अहिले बैठक बसिरहेको छ । हामी यो बैठकका निर्णय आएपछि तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ। तर राजनीतिक प्रतिवाद गर्छौं, कानुनी लडाइँ लड्छौं । अब समय अनुकूल, मुद्दा अनुकूल र राजनीतिक पार्टीले गर्ने राजनीतिक निर्णयमा भर पर्ने भएको कारणले अब म भन्न चाहन्छु, प्रधानमन्त्री भइसकेपछि कुनै ठाउँमा कतै पनि प्रहरीले गोली चलाउँछ कि चलाउँदैन ? यदि कुनै ठाउँमा गोली चल्यो भने फेरि प्रधानमन्त्री नै फेरि जेल जानुपर्ने, गृहमन्त्री नै फेरि जेल जानुपर्ने स्थिति भयो भने देशको कुनै पनि गृहमन्त्री, कुनैपनि प्रधानमन्त्री सुरक्षित रहनेछैन ।’

उनले पक्राउको यो पहिलो निर्णय दुर्भाग्यपूर्ण रहेको र यसले देशमा अशान्ति निम्त्याउने दाबी गरेका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?