Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा


नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने बताउनुभएको छ । यस घटनालाई ‘गलत’ र ‘निन्दनीय’ भन्दै पार्टीले यसमा विमर्श गरेर थप कदम चाल्ने जानकारी दिनुभएको हो । विश्वकर्माले पार्टीको आधिकारिक धारणा बैठकपछि मात्रै थप स्पष्ट हुने बताउनु भयो । विश्वकर्माकाअनुसार पार्टीको तर्फबाट यस विषयमा प्रारम्भिक धारणा सार्वजनिक भइसकेको छ । उहाँले विषय अगाडि बढिसकेकाले आन्तरिक छलफल पछि मात्रै थप कुराहरू बाहिर ल्याइने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजनीतिक रूपमा यसको प्रतिवाद हुन्छ । कानूनी लडाइँ सँगसँगै हुन्छ नै । यो आएर भर्खर मलाई थाहा भइरहेको छ । यो गलत भएको छ । अब बैठकमा छलफल भएर विमर्श भएपछि मात्र भन्न सकिन्छ ।’ बैठकबाट छलफल भइसकेपछि पार्टीले समग्रतामा आफ्नो आधिकारिक धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने उनले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीलाई शनिवार बिहान गुण्डुस्थित निवासबाट ज्यान सम्बन्धी कसुरको मुद्दामा सरकारले पक्राउ गरेको छ ।

काठमाडौँ । एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने बताएका छन् ।

यस घटनालाई ‘गलत’ र ‘निन्दनीय’ भन्दै पार्टीले यसमा विमर्श गरेर थप कदम चाल्ने जानकारी दिएका छन् । विश्वकर्माले पार्टीको आधिकारिक धारणा बैठकपछि मात्रै थप स्पष्ट हुने बताए । विश्वकर्माकाअनुसार पार्टीको तर्फबाट यस विषयमा प्रारम्भिक धारणा सार्वजनिक भइसकेको छ । उनले विषय अगाडि बढिसकेकाले आन्तरिक छलफल पछि मात्रै थप कुराहरू बाहिर ल्याइने बताएका छन् ।

उनले भने, ‘राजनीतिक रूपमा यसको प्रतिवाद हुन्छ । कानूनी लडाइँ सँगसँगै हुन्छ नै । यो आएर भर्खर मलाई थाहा भइरहेको छ । यो गलत भएको छ । अब बैठकमा छलफल भएर विमर्श भएपछि मात्र भन्न सकिन्छ ।’

बैठकबाट छलफल भइसकेपछि पार्टीले समग्रतामा आफ्नो आधिकारिक धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने उनले स्पष्ट पारे । अध्यक्ष ओलीलाई शनिवार बिहान गुण्डुस्थित निवासबाट ज्यान सम्बन्धी कसुरको मुद्दामा सरकारले पक्राउ गरेको छ ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?