Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

पत्रकार हरिप्रसाद रिजालको निधन


१९ श्रावण, काठमाडाैँ । पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। ४३ वर्षीय पत्रकार रिजालको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो। उनका दाजु प्रल्हाद रिजालका अनुसार रिजालको हृदयघातका कारण शुक्रबार बिहानका राति २ बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको थियो। अस्पतालले हृदयघातका कारण रिजालको निधन भएको परिवारलाई जानकारी गराएको हो। रिजाल आर्थिक दैनिकमा कार्यरत थिए। उनका दाजु आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन्।

धादिङको निलकण्ठ नगरपालिका–६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र एक छोरी हुनुपर्छ। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य रिजालको निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति सार्वजनिक गर्दै रिजालको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्।

धादिङको निलकण्ठ नगरपालिका–६ सुनौलो बजारमा जन्मेका रिजाल काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय आर्थिक राष्ट्रिय दैनिकको सम्पादन समूहमा कार्यरत रहेका रिजालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ महासंघको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?