Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पत्रकार हरिप्रसाद रिजालको निधन


१९ श्रावण, काठमाडाैँ । पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। ४३ वर्षीय पत्रकार रिजालको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो। उनका दाजु प्रल्हाद रिजालका अनुसार रिजालको हृदयघातका कारण शुक्रबार बिहानका राति २ बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको थियो। अस्पतालले हृदयघातका कारण रिजालको निधन भएको परिवारलाई जानकारी गराएको हो। रिजाल आर्थिक दैनिकमा कार्यरत थिए। उनका दाजु आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन्।

धादिङको निलकण्ठ नगरपालिका–६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र एक छोरी हुनुपर्छ। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य रिजालको निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति सार्वजनिक गर्दै रिजालको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्।

धादिङको निलकण्ठ नगरपालिका–६ सुनौलो बजारमा जन्मेका रिजाल काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय आर्थिक राष्ट्रिय दैनिकको सम्पादन समूहमा कार्यरत रहेका रिजालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ महासंघको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?