Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

टिकटको शुल्क नलिन अभियानकर्मीको माग


१९ श्रावण, काठमाडाैँ । सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् ।

कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरेको जनाइएको छ । कीर्तिपुर नगरपालिकाले सूचना माग गरेर निवेदन दर्ता गरेबापत टिकटको भनी रु १० शुल्क लिने गरेको सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका उपाध्यक्ष विनोद बस्नेतले बताए ।

सूचनाको हकको निवेदन दर्ता गर्दा टिकट नचाहिने र तोक पनि लगाउनु नपर्ने कानुनी व्यवस्था छ भनी पटकपटक नगरपालिकाका सूचना अधिकारीलगायत कर्मचारीलाई स्मरण गराउँदा पनि टिकटबापतको शुल्क लिइरहेको उनले गुनासो गरे ।

नगरपालिकाले भने नगरसभाको निर्णयअनुसार नै सूचना मागको निवेदन दर्ता गर्दा पनि रु १० को टिकटबापत शुल्क लिइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा नगरसभाको निर्णय कर्मचारीले उल्लङ्घन गर्न नसक्ने भएकाले सूचना मागको निवेदन दर्ता गर्दा पनि शुल्क लिनुपरेको बताए ।

नगरपालिकामा विसं २०७४ मा जन प्रतिनिधि निर्वाचित भएसँगै सबै प्रकारका निवेदन दर्ता गर्दा टिकटबापत रु १० दस्तुर लिने निर्णय गरिएको उनले जानकारी दिए । यो विषय आगामी नगरसभामा राख्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

यस विषयमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रतिनिधिमण्डलले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । सूचना मागको निवेदन दर्ता गर्दा टिकटबापत भनी शुल्क नलिन र सूचनाको हकको निवेदन दर्ताका लागि तोक लगाउने नाममा सूचना मागकर्तालाई निरुत्साहित नगर्न पनि अनुरोध गरिएको महाङ्घका केन्द्रीय अध्यक्ष उमिद


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?