Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

टिकटको शुल्क नलिन अभियानकर्मीको माग


१९ श्रावण, काठमाडाैँ । सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् ।

कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरेको जनाइएको छ । कीर्तिपुर नगरपालिकाले सूचना माग गरेर निवेदन दर्ता गरेबापत टिकटको भनी रु १० शुल्क लिने गरेको सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका उपाध्यक्ष विनोद बस्नेतले बताए ।

सूचनाको हकको निवेदन दर्ता गर्दा टिकट नचाहिने र तोक पनि लगाउनु नपर्ने कानुनी व्यवस्था छ भनी पटकपटक नगरपालिकाका सूचना अधिकारीलगायत कर्मचारीलाई स्मरण गराउँदा पनि टिकटबापतको शुल्क लिइरहेको उनले गुनासो गरे ।

नगरपालिकाले भने नगरसभाको निर्णयअनुसार नै सूचना मागको निवेदन दर्ता गर्दा पनि रु १० को टिकटबापत शुल्क लिइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा नगरसभाको निर्णय कर्मचारीले उल्लङ्घन गर्न नसक्ने भएकाले सूचना मागको निवेदन दर्ता गर्दा पनि शुल्क लिनुपरेको बताए ।

नगरपालिकामा विसं २०७४ मा जन प्रतिनिधि निर्वाचित भएसँगै सबै प्रकारका निवेदन दर्ता गर्दा टिकटबापत रु १० दस्तुर लिने निर्णय गरिएको उनले जानकारी दिए । यो विषय आगामी नगरसभामा राख्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

यस विषयमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रतिनिधिमण्डलले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । सूचना मागको निवेदन दर्ता गर्दा टिकटबापत भनी शुल्क नलिन र सूचनाको हकको निवेदन दर्ताका लागि तोक लगाउने नाममा सूचना मागकर्तालाई निरुत्साहित नगर्न पनि अनुरोध गरिएको महाङ्घका केन्द्रीय अध्यक्ष उमिद


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?