Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

आजको माैसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

१९ श्रावण, काठमाडाैँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ । सोही मौसमी प्रणालीका कारण आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी, र बागमती प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?