Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

माओवादी केन्द्र र माओवादी समाजवादीले पार्टी एकता गर्ने


काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ। माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी(सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी थिए।

वार्तामा दुई पार्टीको एकताका बैचारिक आधारबारे खुलेर छलफल भएको र निकट दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ।

बुढाथोकी र मगर दुबै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए। माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराँती समुहमा थिए। पछि किराँतीले बैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए। र, पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी समाजवादी बनाएका थिए। देशव्यापी पार्टी संयन्त्र भएको माओवादी समाजवादी विप्लव, आहुती, ऋषि कट्टेल समेत सम्मिलित संयुक्त मोर्चाको एक सक्रिय पार्टी हो।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले बिचार मिल्ने बाम दलहरूबीच एकताका लागि वार्ता समिति नै बनाएको थियो। समितिले धेरै घटकहरूबीच औपचारिक-अनौपचारिक एकता वार्ता सम्पन्न गरिसकेको छ। उपाध्यक्ष महराको संयोजकत्वमा गठित समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?