Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लोप हुने अवस्थामा हुड्केली नाच


१८ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो ।

सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली नाच संस्कृति ओझेल पर्दै गएको शैल्यशिखर–६ का ७१ वर्षीय वुद्ध लालसिंह खत्रीको गुनासो छ ।

हुड्के नाचका जानकार शैल्यशिखर–६ का देवराम दमाईँले नयाँ पुस्ताले नाचलाई अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको बताए। विभिन्न समुदायमा पुगेर हुड्के नाच देखाएवापत राम्रै आयआर्जन हुने गरेको भए पनि नयाँ पुस्तामा यसबारे रुचि हराउँदै जान थालेपछि संस्कृति नै लोप हुने चिन्ता भएको उनको बुझाइ छ ।

“विवाह र व्रतबन्ध होस् वा अन्य कुनै पर्वमा होस् हुड्के नाच देखाइन्थ्यो, हुड्केली नाच देखाएवापत अन्न र पैसा पाइन्थ्यो”, ६९ वर्षे हेमनती दमाईँले भने, “अचेल त यो नाचको माग नै हुन छाडेको छ ।”

सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक विधा मानिने यो नाच जोगाउन नयाँ पुस्तालाई यसबारे जागरुक गराउनुपर्ने हुड्केली नाचका कलाकार महेश दमाईँको बुझाइ छ । हुड्केली नाचमा प्रायः पुराना राजा–रजौटा, वीर–वीरङ्गना र देवी देवताका जीवन गाथा गाउने गरिन्छ ।
“पछिल्लो समय त हुड्केली नाच सङ्कटमै परिसक्यो । मनमा जाँगर, सीप कला हुँदा पनि साथ दिने मान्छे छैनन्”, सुरेश दमाईँले भने, “अहिले त कतैबाट निमन्त्रणा आइहाल्यो भने पनि सहयोगी जुटाउनै धौधौ हुन्छ भएकाले पनि जान मान्दैनन् ।”

उनका अनुसार नयाँ पुस्ताले न नाच सिक्न पनि खोज्दैनन् । “मैले बुबा र बाजेबाट हुड्केली नाच सिकेको हुँ, पहिले उनीहरुसँगै गाउँ–गाउँमा पुग्थे”, हरिराम दमाईँले भने, “अचेल युवाहरुमा यसबारे चासो कम छ, मौलिक संस्कृतिको संरक्षण आवश्यक छ ।”


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?