Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

लोप हुने अवस्थामा हुड्केली नाच


१८ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो ।

सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली नाच संस्कृति ओझेल पर्दै गएको शैल्यशिखर–६ का ७१ वर्षीय वुद्ध लालसिंह खत्रीको गुनासो छ ।

हुड्के नाचका जानकार शैल्यशिखर–६ का देवराम दमाईँले नयाँ पुस्ताले नाचलाई अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको बताए। विभिन्न समुदायमा पुगेर हुड्के नाच देखाएवापत राम्रै आयआर्जन हुने गरेको भए पनि नयाँ पुस्तामा यसबारे रुचि हराउँदै जान थालेपछि संस्कृति नै लोप हुने चिन्ता भएको उनको बुझाइ छ ।

“विवाह र व्रतबन्ध होस् वा अन्य कुनै पर्वमा होस् हुड्के नाच देखाइन्थ्यो, हुड्केली नाच देखाएवापत अन्न र पैसा पाइन्थ्यो”, ६९ वर्षे हेमनती दमाईँले भने, “अचेल त यो नाचको माग नै हुन छाडेको छ ।”

सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक विधा मानिने यो नाच जोगाउन नयाँ पुस्तालाई यसबारे जागरुक गराउनुपर्ने हुड्केली नाचका कलाकार महेश दमाईँको बुझाइ छ । हुड्केली नाचमा प्रायः पुराना राजा–रजौटा, वीर–वीरङ्गना र देवी देवताका जीवन गाथा गाउने गरिन्छ ।
“पछिल्लो समय त हुड्केली नाच सङ्कटमै परिसक्यो । मनमा जाँगर, सीप कला हुँदा पनि साथ दिने मान्छे छैनन्”, सुरेश दमाईँले भने, “अहिले त कतैबाट निमन्त्रणा आइहाल्यो भने पनि सहयोगी जुटाउनै धौधौ हुन्छ भएकाले पनि जान मान्दैनन् ।”

उनका अनुसार नयाँ पुस्ताले न नाच सिक्न पनि खोज्दैनन् । “मैले बुबा र बाजेबाट हुड्केली नाच सिकेको हुँ, पहिले उनीहरुसँगै गाउँ–गाउँमा पुग्थे”, हरिराम दमाईँले भने, “अचेल युवाहरुमा यसबारे चासो कम छ, मौलिक संस्कृतिको संरक्षण आवश्यक छ ।”


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?