Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

संसद बैठक रोक्न सरकारले सभामुखलाई दबाब दियो : केपी ओली


१७ श्रावण, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद बैठक स्थगित गर्न सभामुखलाई दबाब दिएको बताएका छन् । मंगलबार बोलाइएको बैठक पनि सरकारकै दबाबमा स्थगित गरिएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘बालुवाटारमा भएको सहमति संसद भवन आउँदा बिथोलिन्छ। हामीले बैठक सञ्चाल गरेर सांसदलाई जनताको आवाज राख्न दिनुस् भनौं। सरकारले सभामुखलाई दबाब दिन्छ, तपाईँले सूचना टाँसेर रोक्नुस् भनेर ।’

अध्यक्ष ओलीले संसद बैठक एमालेका कारण नभइ सरकारका कारण रोकिएको बताएका छन् ।

उनले गृहमन्त्रीको अभिव्यक्तिहरू बकवास रहेको बताए। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बकवास गरेको उनको भनाइ छ। ‘हामी संसद सञ्चालनका लागि तयार हुन्छौं। तर गृहमन्त्रीमात्र बोल्ने कुरा हुन्छ। जो हरेक प्रकारमा बकवास गरेर अरुतिर लाञ्छना लगाउँछ उसले बोल्ने रे, अनि सांसदले बोल्न नपाउने रे?,’ ओलीले भनेका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?