Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसद बैठक रोक्न सरकारले सभामुखलाई दबाब दियो : केपी ओली


१७ श्रावण, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद बैठक स्थगित गर्न सभामुखलाई दबाब दिएको बताएका छन् । मंगलबार बोलाइएको बैठक पनि सरकारकै दबाबमा स्थगित गरिएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘बालुवाटारमा भएको सहमति संसद भवन आउँदा बिथोलिन्छ। हामीले बैठक सञ्चाल गरेर सांसदलाई जनताको आवाज राख्न दिनुस् भनौं। सरकारले सभामुखलाई दबाब दिन्छ, तपाईँले सूचना टाँसेर रोक्नुस् भनेर ।’

अध्यक्ष ओलीले संसद बैठक एमालेका कारण नभइ सरकारका कारण रोकिएको बताएका छन् ।

उनले गृहमन्त्रीको अभिव्यक्तिहरू बकवास रहेको बताए। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बकवास गरेको उनको भनाइ छ। ‘हामी संसद सञ्चालनका लागि तयार हुन्छौं। तर गृहमन्त्रीमात्र बोल्ने कुरा हुन्छ। जो हरेक प्रकारमा बकवास गरेर अरुतिर लाञ्छना लगाउँछ उसले बोल्ने रे, अनि सांसदले बोल्न नपाउने रे?,’ ओलीले भनेका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?