Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

थारूसहितका क्लस्टर समेटेर ऐन जारी गर्न सर्वोच्चको परमादेश


काठमाडौ : सर्वाेच्च अदालतले थारूसहितका क्लस्टर समावेश संघीय निजामती सेवा ऐन जारी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
मंगलबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्राईको संयुक्त इजलाशले थारु लगायत हालसम्म नसमेटिएका अन्य नयाँ आरक्षित कलस्टरलाई समावेश गर्नेगरी नौ महिनाभित्र ऐन जारी गर्न भनेको हो ।

थारू कल्याणकारिणाीसभाका महामन्त्री प्रेमीलाल चौधरीसहितले ‘थारू समुदायलाई निजामतीसहित अन्य निकायमा आरक्षणको व्यवस्था’को माग गर्दै पटकपटक मुद्दा दायर गरेका थिए ।

‘आरक्षणको व्यवस्थाको कार्यान्वयन कानुनी व्यवस्था निर्माण लगायत आवश्यक सबै प्रबन्ध मिलाउने कार्य यो आदेशको पूर्णपाठसहितको फैसला प्राप्त भएको ९ महिनाभित्र सम्पन्न गर्नु गराउनू,’ सर्वाेच्चले परमादेशमा भनेको छ ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?