Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण


११ ,श्रावण ,काठमाडौँ ।  कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गर्नु भएको छ ।कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिनु भयो । यस्तै सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुसंग पनि छलफल गर्नु भयो ।

अस्पतालको स्थलगत निरिक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासंगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागि हुनु भएको थियो । अस्पताल निरिक्षणका क्रममा कार्यबहाक प्रधानमन्त्री खड्काले सिमित श्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषसजन सेवा प्रभाव भइरहेको भन्दै खुसी ब्यक्त गर्नु भयो ।

उहाँले अस्पतालबाट एकिकृत रुपमा अझबढी गुणस्तरिय सेवा दिन पनि आग्रह गर्नु भयो । उहाँलृ अस्पतालमा कार्यरत चिकित्सक, नर्स देखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहनु भएको कुरालाइ सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मी देखि कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहेजति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्रथमिक्ताका आधारमा अस्पताललाइ अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरिय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिनु भयो । अस्पतालाबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नितिगत सुधारको काम गर्नु पर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यबहाक प्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले त्यसका लागि प्रथमिकता निर्धारण गरेर काम गर्नु पर्नेपनि प्रष्ट पार्नु भयो ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?