Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण


११ ,श्रावण ,काठमाडौँ ।  कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गर्नु भएको छ ।कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिनु भयो । यस्तै सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुसंग पनि छलफल गर्नु भयो ।

अस्पतालको स्थलगत निरिक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासंगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागि हुनु भएको थियो । अस्पताल निरिक्षणका क्रममा कार्यबहाक प्रधानमन्त्री खड्काले सिमित श्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषसजन सेवा प्रभाव भइरहेको भन्दै खुसी ब्यक्त गर्नु भयो ।

उहाँले अस्पतालबाट एकिकृत रुपमा अझबढी गुणस्तरिय सेवा दिन पनि आग्रह गर्नु भयो । उहाँलृ अस्पतालमा कार्यरत चिकित्सक, नर्स देखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहनु भएको कुरालाइ सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मी देखि कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहेजति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्रथमिक्ताका आधारमा अस्पताललाइ अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरिय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिनु भयो । अस्पतालाबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नितिगत सुधारको काम गर्नु पर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यबहाक प्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले त्यसका लागि प्रथमिकता निर्धारण गरेर काम गर्नु पर्नेपनि प्रष्ट पार्नु भयो ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?