Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राष्ट्रियसभा बैठक : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल


११ श्रावण, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका हुन् ।

सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि अघि बढ्नेछ ।

विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्काे केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको हो भन्नुभयो । अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उहाँले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधि निर्माणका प्रक्रियामा संविधानबमोजिमका प्रावधान र समयावधिको पालना गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको अर्काे बैठक आजै ३१ मिनेटपछि बस्ने गरी स्थगन भएको छ । सभामा प्रमुख प्रतिपक्षीले अवैध सुन ल्याइएको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै उक्त विधेयकबाहेक अन्य कारबाही सञ्चालन नगर्न ध्यानाकर्षण गराएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?