Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनबारे सरकारसँग जवाफ माग्ने


१० श्रावण, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

नेकपा एसका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले असार २९ गतेदेखि साउन ५ गतेसम्म कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय सचिवालयको बैठकले एमसीसी सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणा अनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने बताए ।

उनले समाजवादी कार्यदिशा भएका राजनीतिक दलका बीचमा कैयन् सैद्धान्तिक तथा राजनीतिक मतभिन्नता भएपनि साझा मुद्दामा सहकार्य गर्ने, यसमा उत्पन्न हुन सक्ने विवाद वा अन्तरविरोधलाई समाधान गर्न समाजवादी मोर्चा बनाइएको कुरा पार्टी पङ्क्तिलाई स्पष्ट गर्ने निर्णय भएको बताए ।

उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गत स्थायी कमिटीको बैठक, साउन १८ र १९ पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने जानकारी दिए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?