Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनबारे सरकारसँग जवाफ माग्ने


१० श्रावण, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

नेकपा एसका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले असार २९ गतेदेखि साउन ५ गतेसम्म कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय सचिवालयको बैठकले एमसीसी सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणा अनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने बताए ।

उनले समाजवादी कार्यदिशा भएका राजनीतिक दलका बीचमा कैयन् सैद्धान्तिक तथा राजनीतिक मतभिन्नता भएपनि साझा मुद्दामा सहकार्य गर्ने, यसमा उत्पन्न हुन सक्ने विवाद वा अन्तरविरोधलाई समाधान गर्न समाजवादी मोर्चा बनाइएको कुरा पार्टी पङ्क्तिलाई स्पष्ट गर्ने निर्णय भएको बताए ।

उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गत स्थायी कमिटीको बैठक, साउन १८ र १९ पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने जानकारी दिए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?