Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

तालिवानको महिला दमनको अर्को निर्णय, हजारौं ब्यूटी पार्लर बन्द


१० श्रावण, एजेन्सी । तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ ।

उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ ।

तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

“हामी यहाँ सँगै हाम्रो भविष्यको बारेमा कुरा गर्न र समय बिताउन आउँथ्यौं । अहिले यो अधिकार पनि हामीबाट खोसिएको छ,” बहरा थर बताउने राजधानी काबुलका एक सैलुन ग्राहकले भने ।

“महिलाहरूलाई मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न अनुमति छैन, त्यसैले अब हामी के गर्न सक्छौं ? आनन्द लिन हामी कहाँ जान सक्छौं ? हामी एकअर्कालाई भेट्न कहाँ भेला हुन सक्छौं ?”

गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए ।

मङ्गलबार समाचार तयार पार्दासम्म काबुलका धेरै सैलुन बन्द भइसकेका थिए भने प्रतिवन्धको समय आउनुभन्दा केही अघिको अन्तिम क्षणसम्म खुला रहेका थिए ।

एक जना सैलुन मालिकले आफू स्वेच्छाले बन्द भएको र पसल सञ्चालनको अनुमतिपत्र दिने भन्दै पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बताएका छन् । नाम नबताउने शर्तमा उनले (सैलुन मालिक)ले भने, “दृश्य भयानक थियो । उनीहरू सैन्य गाडी र बन्दुक लिएर आएका थिए ।”

उनले भने, “यति धेरै जिद्दी र दबाबका बाबजुद एउटी महिलाले के गर्न सक्छ रु”

तालिवान सरकारको नेतृत्वमा रहेको सरकार (मन्त्रालय)ले मेकओभरका लागि खर्च गरिएको अचाक्ली रकमले गरिब परिवारलाई कठिनाइ भएको र सैलुनमा गरिने केही उपचार गैरइस्लामिक भएको दाबी गरेको छ । धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्नबाट रोक्छ भने आँखाको मेकअप र जथाभावी कपाल बाट्न पनि निषेध गरिएको छ ।

एएफपीलाई प्राप्त आदेशको प्रतिलिपिमा भनिएको छ, “यो प्रतिबनध तालिवान सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित छ ।”

अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानकब्जा गरेको २० वर्षमा काबुल र अफगानिस्तानका अन्य सहरमा ब्यूटी पार्लरहरू फस्टाएका थिए ।

तिनीहरूलाई महिलाहरूलाई पुरुषहरूबाट टाढा रहन र विवाह जस्ता उत्सवहरूको लागि तयारी गर्न सुरक्षित स्थानको रूपमा हेरिन्थ्यो ।

तालिवान सरकारले सत्ता सम्हाल्दा हजारौं महिला सरकारी कर्मचारीले या त जागिर गुमाएका छन् वा घरमै बसेर तलब खान बाध्य भइरहेका छन् ।

अफगानिस्तान वुमन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अनुसार ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाउनेछन् ।

अफगानिस्तानका लागि विशेष दूत रिचार्ड बेनेटले गत महिना संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई बुझाएको प्रतिवेदनमा अफगानिस्तानमा महिला र बालिकाको अवस्था ‘विश्वकै सबैभन्दा खराब मध्येको एक’ रहेको उल्लेख गरिएको छ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?