Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

तालिवानको महिला दमनको अर्को निर्णय, हजारौं ब्यूटी पार्लर बन्द


१० श्रावण, एजेन्सी । तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ ।

उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ ।

तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

“हामी यहाँ सँगै हाम्रो भविष्यको बारेमा कुरा गर्न र समय बिताउन आउँथ्यौं । अहिले यो अधिकार पनि हामीबाट खोसिएको छ,” बहरा थर बताउने राजधानी काबुलका एक सैलुन ग्राहकले भने ।

“महिलाहरूलाई मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न अनुमति छैन, त्यसैले अब हामी के गर्न सक्छौं ? आनन्द लिन हामी कहाँ जान सक्छौं ? हामी एकअर्कालाई भेट्न कहाँ भेला हुन सक्छौं ?”

गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए ।

मङ्गलबार समाचार तयार पार्दासम्म काबुलका धेरै सैलुन बन्द भइसकेका थिए भने प्रतिवन्धको समय आउनुभन्दा केही अघिको अन्तिम क्षणसम्म खुला रहेका थिए ।

एक जना सैलुन मालिकले आफू स्वेच्छाले बन्द भएको र पसल सञ्चालनको अनुमतिपत्र दिने भन्दै पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बताएका छन् । नाम नबताउने शर्तमा उनले (सैलुन मालिक)ले भने, “दृश्य भयानक थियो । उनीहरू सैन्य गाडी र बन्दुक लिएर आएका थिए ।”

उनले भने, “यति धेरै जिद्दी र दबाबका बाबजुद एउटी महिलाले के गर्न सक्छ रु”

तालिवान सरकारको नेतृत्वमा रहेको सरकार (मन्त्रालय)ले मेकओभरका लागि खर्च गरिएको अचाक्ली रकमले गरिब परिवारलाई कठिनाइ भएको र सैलुनमा गरिने केही उपचार गैरइस्लामिक भएको दाबी गरेको छ । धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्नबाट रोक्छ भने आँखाको मेकअप र जथाभावी कपाल बाट्न पनि निषेध गरिएको छ ।

एएफपीलाई प्राप्त आदेशको प्रतिलिपिमा भनिएको छ, “यो प्रतिबनध तालिवान सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित छ ।”

अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानकब्जा गरेको २० वर्षमा काबुल र अफगानिस्तानका अन्य सहरमा ब्यूटी पार्लरहरू फस्टाएका थिए ।

तिनीहरूलाई महिलाहरूलाई पुरुषहरूबाट टाढा रहन र विवाह जस्ता उत्सवहरूको लागि तयारी गर्न सुरक्षित स्थानको रूपमा हेरिन्थ्यो ।

तालिवान सरकारले सत्ता सम्हाल्दा हजारौं महिला सरकारी कर्मचारीले या त जागिर गुमाएका छन् वा घरमै बसेर तलब खान बाध्य भइरहेका छन् ।

अफगानिस्तान वुमन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अनुसार ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाउनेछन् ।

अफगानिस्तानका लागि विशेष दूत रिचार्ड बेनेटले गत महिना संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई बुझाएको प्रतिवेदनमा अफगानिस्तानमा महिला र बालिकाको अवस्था ‘विश्वकै सबैभन्दा खराब मध्येको एक’ रहेको उल्लेख गरिएको छ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?