Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

देउखुरीका दर्जन बढी घर डुबानमा


९ ,श्रावण ,दाङ । दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।

दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए ।

त्यस्तै लमही नगरपालिका–१ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरबाट सरसामान र मानिसको उद्धार गरिएको छ । लमही–१ सुनडबरी निवासी ७० वर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका दुई जनालाई उद्धार गरिएको छ ।

त्यस्तै लमही–३ कान्तिपुरका रामबहादुर कुमालको घरमा पानी पसेपछि छतमा रहेकाको उद्धार गरिएको छ भने सोही ठाउँका सुशील कुमाल र दयाराम चौधरी घर डुबानमा परेका छन् । कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिसलाई स्थानन्तरण गरिएको थियो ।

राजपुर गाउँपालिका–२ निवासी ३० वर्षीया पुष्पा नेपालीको घर भत्किएको छ । उहाँलाई नजिकै ग्वाते कुमालको घरमा सारिएको छ । निरन्तरको वर्षाका कारण कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको छ । हुलाकी सडकअन्तर्गतको उक्त सडक बिहानदेखि अवरुद्ध भएको हो ।

त्यस्तै बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलाले बा११च ९५११ नम्बरको स्कारपिओ बगाएको छ । घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओ आज बिहान बगाएको प्रहरीले जनाएको छ । सवारी चालको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?