Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देउखुरीका दर्जन बढी घर डुबानमा


९ ,श्रावण ,दाङ । दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।

दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए ।

त्यस्तै लमही नगरपालिका–१ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरबाट सरसामान र मानिसको उद्धार गरिएको छ । लमही–१ सुनडबरी निवासी ७० वर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका दुई जनालाई उद्धार गरिएको छ ।

त्यस्तै लमही–३ कान्तिपुरका रामबहादुर कुमालको घरमा पानी पसेपछि छतमा रहेकाको उद्धार गरिएको छ भने सोही ठाउँका सुशील कुमाल र दयाराम चौधरी घर डुबानमा परेका छन् । कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिसलाई स्थानन्तरण गरिएको थियो ।

राजपुर गाउँपालिका–२ निवासी ३० वर्षीया पुष्पा नेपालीको घर भत्किएको छ । उहाँलाई नजिकै ग्वाते कुमालको घरमा सारिएको छ । निरन्तरको वर्षाका कारण कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको छ । हुलाकी सडकअन्तर्गतको उक्त सडक बिहानदेखि अवरुद्ध भएको हो ।

त्यस्तै बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलाले बा११च ९५११ नम्बरको स्कारपिओ बगाएको छ । घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओ आज बिहान बगाएको प्रहरीले जनाएको छ । सवारी चालको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?