Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बाँझो जमिनमा फलफूलका बिरुवा उत्पादन


९ श्रावण, बागलुङ । गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना गर्न थालेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयवासीलाई गाउँमै रोजगार दिन तथा उनीहरुको  आयआर्जन बढाउन फलफूलखेती तथा काठजन्य बिरुवा उत्पादनमा जोड दिन थालेको छ ।

अघिल्लो आवमा तमानखोला–४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएकामा आव २०७९÷८० मा १० हजार बिरुवा लगाइएको छ । तमानखोला–५ को खुङ्खानीलगायत गाउँमा पनि फलफूल खेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । थोरै मेहनतबाट धेरै उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु, किबी, बयर तथा उत्तिस र किम्मुका बिरुवा लगाइएका छन् ।

गाउँका हरेक नागरकिलाई व्यावसायिक बनाउन फलफूल खेतीमा जोड दिएको अध्यक्ष बुढा मगरले बताए । किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि फलफूल खेतीलाई जोड दिएको उनि बताउँछन् ।

“पहिला गरी खान ठाउँको अभाव हुन्थ्यो, अहिले ठाउँ खाली छ, गरी खाने मान्छे छैनन्, अब खाली जग्गाको सदुपयोग गरी स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्य छ,” अध्यक्ष बुढा मगरले भने– “पालिकाभरि फलफूल खेती गर्ने योजना छ, किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको छ ।”

व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० किसानले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएका छन् । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको हो । अघिल्लो वर्ष हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको थियो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?