Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट


९ श्रावण, रोम (इटाली) । इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनिहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?