Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

कलाकार संघको नेतृत्वमा फेरि खड्काको दाबी


काठमाडौं : चैत्र ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा बर्तमान अध्यक्ष रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन्।

उनले सामाजिक संजाल फेसबुक मार्फत पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने औचित्य प्रस्टायका छन्। संघको विकास र चलचित्र क्षेत्रमा बिद्यमान बेथिती कम गर्दै समग्र नेपाली चलचित्रलाई माथी उठाउने उद्देश्य राखेर नेतृत्वमा पुगेका रबिन्द्र खड्का कोभिड-१९ को कारणले भने जति कार्य गर्न असमर्थ रहेकोले पनि आफ्नो कार्यकालमा सुरु भएको महत्वपुर्ण कार्यहरु पुरा गर्न फेरि एक पल्ट अध्यक्ष पदमा आफुलाई जिताउन आग्रह गरेका छन्।

नेपाल चलचित्र कलाकार संघ स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रबर्धनमा क्रियाशिल रही आएको र आफ्नोनै कार्यकालमा संघको आफ्नै भवन निर्माण गर्न सफल भएको र अझ संघको भवनको ब्यबस्थापन गर्न बाकि र अन्तराष्ट्रिय क्षेत्रमा मेरोनै कार्यकालमा खोलिएको शाखाहरुलाई सक्रिय बनाउन समेत उम्मेद्वारी अपरिहार्य रहेको बरिष्ठ नायक रबिन्द्र खड्का बताउछन।

कोभिड –१९ कोरोनाको महामारी प्रारम्भ भए देखि सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प भएको अबस्थामा लक डाउनको अवधिमा विभिन्न श्रोतबाट विभिन्न समस्या ग्रस्त कलाकारहरुलाई राहत उपलब्ध गराउने देखि हरेक कलाकारहरुको उत्थानमा आवाज उठाउदैं सम्पूर्ण कलाकारहरुको दुख पिडा र समस्यामा विभिन्न श्रोत साधन जुटाएर सहयोग गर्दै आएको सर्बबिधितै छ। उनि भन्छन कलाकार संघलाइ अघि बढाउन फेरि पनि एक कार्यकाल अपरिहार्य रहेको हुँदा सम्पूर्ण चलचित्र कलाकारहरुलाई आगामी निर्बाचनमा सहयोग गरि मत दिन अनुरोध गरेका छन्।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?