Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अबुनको स्वर, पवनको संगीतमा ‘ए चरी’ सार्वजनिक


काठमाडौं: गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ। टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्।

गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ। म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् ।

निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ। भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल ‘अबुन पाण्डे’ मार्फत सार्वजनिक भएको हो। अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’ लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?