Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लागुऔषधसहित दुई जना नियन्त्रणमा


३ ,श्रावण ,नवलपरासी । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुल इलाकाबाट सशस्त्र प्रहरीले साउन २ गते लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३८ बर्षिय प्रकाश दमाइ र २० बर्षिय तिर्थ हरिचनलाई बिओपी त्रिवेणीले नियन्त्रणमा लिएको हो । बा ३४ प ६५३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई शंका लागि चेकजाँच गर्दा प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट ट्याब्लेट ३ वटा फेला पारेको हो ।

नियन्त्रणमा लिइएका उनिहरुलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?