Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

खर्च भएको देखाउनकै लागि फाइभस्टार होटलमा आयोजना गर्ने कार्यक्रममा म आउँदिन : मन्त्री मोदी


२९,असार ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा आफू उपस्थित नहुने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले कार्य सम्पादन प्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा भने आफू उपस्थित हुने बताए । उनले भने, “सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा म आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक अन्तक्र्रियामा म आउँदिन ।”

खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाई थियो । “असार मसान्तको समय छ, कर्मचारीहरु अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन” उनले भने । वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, “वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ ।”

उनले मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन् । “हाम्रै मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)ले पनि लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेन, यसबारे गम्भीर समीक्षा जरुर आवश्यकता छ” उनले भने ।

मन्त्री मोदीले वैदशिक सहायतालाई लक्षित वर्गसम्म पुर्याउन जरुरी भएको समेत बताएका छन् । लक्षित वर्गसम्म वैदेशिक सहायताको रकम पुग्न नसक्ने कार्यक्रमको लक्ष्य पनि पूरा हुन नसकेको उनको भनाई थियो । वैदेशिक सहायतासँग सम्बन्धित प्रतिनिधिहरुलाई कर्मचारीहरुले अनेकन् बहानामा दुख दिने गरेको गुनासो पनि आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, “आफू अनुकुलताको कुरा राखेर, लोभ र लालच देखाएर यो वा त्यो बहानामा कर्मचारीहरुले वैदेशिक सहायताका प्रतिनिधिहरुलाई घुमाइराखेको गुनासो पनि सुनेको छु, अब कर्मचारीबाट यो वा त्यो बहानामा असहयोग भए मलाई सिधा सम्पर्क गर्नुहोला ।”


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?