Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दरबन्दी अनुसार डाक्टर व्यवस्थापन गर्दा आत्महत्याको धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत


२८ असार, काठमाडाैँ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा आत्महत्या सम्मको धम्की आउन  लागेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आएको बताएमा हुन् ।

उनले भनेका छन्, ‘८ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन्। म जस्तै मन्त्रीहरुले राखेका हुन्। मैले एक जना पनि ल्याएको छैन। कर्मचारी व्यवस्थापन कडाईका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन। अब चल्नेवाला छैन। कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएरको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ। डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टरहरु पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरु हुनुहुन्छ । सबैलाई राजधानी चाहिएको छ । आत्महत्या गर्ने जस्ता कुराहरु उठेका छन् । काठमाडौंमा दरबन्दी हुँदा हुँदै प्रमोशनको हिसावले उहाँले नुवाकोट जान चाहनु भयो। नुवाकोट इच्छा लागुन्जेल बस्नुभयो। सरकारले काज दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौं। उहाँले ट्रमा सेन्टरमा नै चाहियो नभएर आत्महत्या गर्छ भनेर मन्त्रालयमा आएर सचिवहरुलाई कराउन थालेछन्। यो सबै नाटक नौटङ्की हो । कडाईका साथ तपाईहरु प्रस्तुत हुनुस्। मैले म कहाँ पठाउनुस् आत्महत्या गर्न भने । त्यो कुरा सामाजिक सञ्जालमा लेखेर बिरोध भइरहेको छ । मलाई चाहि धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकिय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौं । थिति बसाल्छौं । संविधानलाई कार्यान्वयन गर्छौं । आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पुयाएर नै छोड्छौं । त्यसको लागि मलाई सांसदहरुको साथ चाहिन्छ ।’


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?