Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित


२६ ,असार ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।

असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिए ।

मुख्यमन्त्री शर्माले जवाफ दिएलगत्तै सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०८०’ पारितका लागि सभामा प्रस्ताव गर्न समय दिए ।

मन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली, २०७० को नियम १४० को उपनियम १२ र नियम १४७ को उपनियम ५ बमोजिम दुवै विधेयक पारितका लागि सभामा प्रस्ताव राखे ।

उक्त प्रस्तावपछि सभाबाट बजेट बहुमतले पारित भएको सभामुख गुरुङले घोषणा गरे । कर्णाली प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?