Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा


२६ ,असार ,भोजपुर । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।

यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

“निर्धारित उमेर समूहका बालबालिकाले सम्पूर्ण खोप लगाएसँगै भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छौँ”, उनले भने, “यो अभियान जारी रहन्छ । सबै स्थानीय तहलाई यसअघि नै घोषणा गरेर आज जिल्ला घोषणा गर्न सफल भएका हौँ ।”

यो घोषणासँगै भोजपुर कोशी प्रदेशमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ । आगामी दिनमा बालबालिकालाई सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गराउन सबैले भूमिका खेल्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । सो अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई सम्मानसमेत गरिएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?