Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

उच्च ओहोदाको उपचार स्वदेशमा गर्न व्यवस्था मिलाइने : मन्त्री बस्नेत


२५ ,असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताए ।

उनले उच्च ओहोदाका व्यक्ति उपचारविज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने समेत बताए । उनले विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचर गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भर्ना राखे ।

उनले पैसा हुनेले बाहिर गएर उपचार गर्ने, नहुनेले नगर्ने खाडल पनि पुरिन आवश्यक रहेको बताए । “यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरु धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायाँमा पर्नु भएको छ”, उनले भने, “राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउने छौँ ।”

उनले कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवा सहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ/सकिँदैन भन्ने निक्र्यौल गर्नेसमेत बताए । “चिकित्सकको समूहले के रोग हो भन्ने थाहा पाइसकेपछि रोगको उपचार यही हुन्छ भने स्वदेश गर्ने व्यवस्था गरिनेछ”, उनले भने, “जनुसुकै नेता तथा उच्च ओहोदाका व्यक्ति बिरामी पर्नुभयो भने हामी पनि सम्पर्कमा गर्छौँ ।”

उनले नेता बिरामी पर्ने बित्तिकै इयर एम्बुलेन्स नै लिएर जाने प्रचलन रहेको भनाइ राखे । मन्त्री बस्नेतले आफू आइसकेपछि १६ वटा केन्द्रीय अस्पतालका तीन हजार पाँच सय २३ सामान्य शय्या विपन्नका लागि निःशुल्क गरिएको जानकारी गराए । उनले कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आफूले वीर अस्पतालबाट सात सय शय्या विपन्नका लागि निःशुल्क गराएको बताए ।

अहिले निःशुल्क सामान्य शय्या कोशी अस्पताल, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताललगायत १६ केन्द्रीय अस्पताल र प्रतिष्ठानमा गरिएको छ । उनले निजी अस्पतालले पनि गरिबी विपन्नका लागि १० प्रतिशत शय्या निःशुल्क पर्ने नियमलाई कडाइ गर्दै लगिएको भनाइ राखे ।

सबै सरकारी अस्पताल सामान्य शय्या निःशुल्क गरिएपछि र निजी अस्पतालले पनि १० प्रतिशत शय्यामा विपन्नलाई उपचार निःशुल्क दिने भएपछि गरिब, विपन्नको उपचारको धेरैजसो समस्या समाधान हुने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले वित्त रणनीति र स्वास्थ्य क्षेत्र रणनीति पारित गरेर स्वास्थ्य क्षेत्रका सुधारका काम भइरहेको बताए ।

उनले अस्पतालको उपकरण खरिद प्रक्रियामा हुने अनियमितता रोक्न विज्ञ समूह गठन गरी काम भइरहेको जानकारी दिए । उनले क्यालेन्डर बनाएर स्वास्थ्य क्षेत्रमा योगदान गरेका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?