Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

एमालेले संसद अवरूद्ध गरेको हैन, प्रधानमन्त्रीले राजिनामा दिए सहमति जुट्छ : केपी ओली


२४ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।

ओलीले प्रधानमन्त्री कै कारण संसद बन्द भएको दाबी गर्दै एमालेका कारण संसद् अवरूद्ध नभएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत नभएको बताए । उनले सहमतिका लागि राजीनामा नै चाहिने पनि बताएका छन् ।

यसअघि आइतबार सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकमा संसद चल्न दिने सहमति भएको थियो । सोही अनुसार ३ बजे संसद् बैठक बस्ने समेत तय भएको थियो ।

तर, संसद् बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?