Trending
>>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

आर्थिक मिडिया सञ्चालक संघको माग  : सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिनुपर्छ 


काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो । इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन गर्न मिल्ने गरी कानून संशोेधन गर्न माग गरेको छ ।

सङ्घले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारको स्वामित्व भएका संस्थामा रहेको अव्यवस्थित विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।

साथै आउँदो बजेटमार्फत आर्थिक मिडियालाई आयकरमा विशेष छुटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आवश्यक सुझाव तथा निर्देशन दिन आग्रह गरिएकोे इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए। सो अवसरमा प्रधानमन्त्री दाहालले सुझावलाई सकारात्मकरूपमा लिई कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

देशको अर्थतन्त्र मजबुत बनाउन राज्य र निजी क्षेत्रको बीचमा सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्दै ‘मिडिया प्रतिपक्षीमात्र होइन उत्प्रेरक पनि हो’ भन्ने मान्यता लिएर सो सङ्घ स्थापना भएको हो । सङ्घले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक छलफल आयोजना गरेको थियो ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?