Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स


२३ असार ,लहान । लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । “नगरसभाबाट आव २०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ”, नगर प्रमुख चौधरीले भने, “यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ ।”

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गरे ।

लहान नगरपालिकामा करिब २० हजारभन्दा बढीको सङ्ख्यामा विपन्न दलितको बसोबास रहेको तथ्याङ्क रहेको छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?