Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स


२३ असार ,लहान । लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । “नगरसभाबाट आव २०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ”, नगर प्रमुख चौधरीले भने, “यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ ।”

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गरे ।

लहान नगरपालिकामा करिब २० हजारभन्दा बढीको सङ्ख्यामा विपन्न दलितको बसोबास रहेको तथ्याङ्क रहेको छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?