Trending
>>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कांग्रेसका जिल्ला सभापतिको भेला सकियो, निरन्तर संवादमा रहन ह्वाट्स एप ग्रुप बनाउने लगायत निर्णय


२२ असार, काठमाडाैँ । नेपाली नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै उक्त भेला सकिएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पार्टी सभापतिहरुको उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सभापतिहरूले पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भातृ संस्था लाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको लगायत असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसैगरी, जिल्ला सभापतिहरू ह्वाट्स एप ग्रुप बनाएर निरन्तर संवादमा रहने निर्णय समेत भेलाले गरेको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?