Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

गलत काममा जोडिएका व्यक्तिको पहुँच नहेरी निष्पक्ष छानबिन गरिन्छ : गृहमन्त्री श्रेष्ठ


२२ असार, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतीको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

गृहमन्त्री श्रेष्ठको निवास ललितपुरको हात्तिवनमा शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्दै यसलाई तोड्न आफू जस्तोसुकै चुनौती सामना तयार रहेको बताए ।

मन्त्री श्रेष्ठले मुलुकमा सुशासन कायम नगर्दासम्म आफूले विश्राम नलिने बताउँदै भने ‘‘नक्कली भूटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मेरै सुरक्षालाई लिएर कतिपय सुझाव र धम्कीहरु पनि आएका छन् । त्यसको कुनै परवाह नगरी गृह मन्त्रालय मुलुकमा सुशासन कायम गर्न अविचलित रुपमा अघि बढ्छ ।’’

उनले ललिता निवासले चर्चेको जग्गा सरकारकै सम्पत्ति रहेको बताउँदै व्यक्तिका नाममा बेचबिखन भएको र सरकारी जग्गा किर्ते गरी हिनामिना गर्नेविरुद्ध प्रमाण सङ्कलन गर्ने काम भइरहेको बताए ।

मन्त्री श्रेष्ठले जुनसुकै गलत काममा जो सुकै जोडिएको भए पनि व्यक्ति र त्यसको पहुँच नहेरी निष्पक्ष छानबिन हुने दाबी गरे ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?