Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने


२२ असार, तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार नेपाली साहित्यको  प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए ।

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ ।

[email protected] मा पठाउन सकिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?