Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवन उदघाटन


२२ असार ,सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवनको एक सहमारोबिच बिहीबार उदघाटन गरेका छन् ।

प्रशासकिय भवन उदघाटनका लागि मन्त्री बस्नेत बिहीबार गृह जिल्ला सिन्धुपाल्चोक पुगेका हुन । गाउँपालिका भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले चिनसँग नाका जोडिएको गाउँपालिका भएकाले यसको ठूलो व्यवारिक महत्व भए पनि भूकम्पपछि तातोपानी नाका सञ्चालन हुन नसक्दा भोटेकोशी गाउँपालिकाका अधिकांश बासिन्दा समस्यामा परेको बताउदै सरकारले कुटनितिक पहल गरेर तातोपानी नाका खुलाउने प्रयास गरिरहेको जानकारी दिए ।

भोटेकोशीबासीको सुख दुखमा आफू सधै साथ रहेको मन्त्री बस्नेतले बताए । उनले भने, “म सुरु देखि नै यहाँको विकासका लागि लागेको हूँ । अहिले पनि यहाँँको शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणका लागि उत्तिकै लागेको छु ।”

भोेटेकोशी गाउँपालिकाले आफ्ना बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पढाउने निर्णय गरेर कार्यन्वयन गरेकोमा गाउँपालिकाका पदाधिकारीलाई धन्यवाद दिदै स्वास्थ्य मन्त्री बस्नेतले भोटेकोशीमा स्नातक र स्तकोत्तर तहको पढाई हुने कलेज अहिलेसम्म खुल्न नसकेकोले निकट भविश्यकै कलेज खुल्ने आशा व्यक्त गरे । कलेज स्थापनाका लागि सरकार र व्यक्तिगत रुपमा आफूले सक्दो पलह गर्ने पनि मन्त्री बस्नेतले बताए ।

आफू स्वास्थ्य मन्त्री भए पछि विपन्नको निशुल्क उपचार गर्ने अभियानमा लागेको बताउदै ३ महिना भित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्ने दावी बस्नेतले गरे । कार्यक्रममा भोटकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले प्रशासकिय भवन सञ्चालनमा आए पछि जनतालाई छरितो र सहज सेवा दिन सहज हुने बताए ।

कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष दिक्षिन शेर्पा, जिल्ला समुन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने लागयत जनप्रतिनिधि, नागरिक समाजका अगुवा, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?