Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड


२० असार, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।

आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।

उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।”

पछिल्लो समय माओवादी शक्तिहरुबीचको एकताको राम्रो आधार बन्दै गइरहेको उल्लेख गर्दै उहाँले वृहत कम्युनिष्ट एकतासहित अगाडि बढिने बताए । “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ तर, पार्टी एकताबद्ध हुनसकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो”, प्रधानमन्त्री दाहालले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र वृहत एकतासहित अगाडि बढिन्छ ।”

वर्तमान सरकारले जन चाहनाअनुसार आफ्नो काम कारबाही अगाडि बढाएको जनाउँदै उनले राम्रा काम गर्न थालेपछि सरकारलाई अप्ठ्यारोमा पार्ने षड्यन्त्र सुरु गरिएको बताए ।

“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियोे”, उनले भने, “यो आफैँमा वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ, दिन्छौँ ।”

सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू जहिले पनि समर्पित हुने दृढता व्यक्त गर्दै उनले सरकारलाई असफल पार्ने तत्वलाई जनताले तह लगाउने बताए ।

“इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त र हैरान भएका छन्”, उनले भने, “तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौँ । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्र छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।”


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?