Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

फोहोरबाट ऊर्जा उत्पादन गर्ने मेशिन जापान पठाउन सुरु


१९ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ ।

कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो ।

फोहरबाट विद्युत्, मेथन (सिएनजी) ग्यास, हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधि विकास गर्ने जापानी वैज्ञानिक यामाजी मासामुराको प्राविधिक सहयोगमा हेटौँडामा यामतो युडब्लुएस नामक उपकरण उत्पादन गरी जापानी उद्योगी व्यवसायीको माग अनुसार जापान निर्यात गरेको यामतो इन्टरनेसनल प्रालिले जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कम्पनीले उत्पादन गरेका कुहिने फोहोरबाट नवकरणीय ऊर्जा उत्पादन उपकरणको अवलोकन गर्दै आइतबार उद्योग परिसरमा आयोजित कार्यक्रममा ती उपकरण निर्यात कार्यको शुभारम्भ गरे । कार्यक्रममा उनले नेपालमा पछिल्लो समयमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरणले समस्या समाधानमा सहयोग पुग्ने बताए । उनले विद्युत् र हरियो हाइड्रोजन ग्यास उत्पादन गर्ने मेसिन नेपालमा नै उत्पादन हुनु नेपालका लागि लाभको विषय भएको बताउँदै तीनै तहको सरकारले यसको उपयोग गर्न आवश्यक कानुन निर्माण र समन्वय गर्नु आवश्यक भएको बताए । यामतो इन्टरनेसनल प्रालि हेटौँडाका सञ्चालक कृष्ण खतिवडाले आफूहरूले उत्पादन गरेको उपकरण तेस्रो पटक जापान निर्यात गर्न लागेको यो प्रविधिको माग भारतलगायत देशबाट भइरहेको बताउँदै देशभित्रै पनि प्रयोग गर्ने वातावरण निर्माण आवश्यक भएको बताए । पहिले वातावरणमैत्री फोहोर व्यवस्थापन र हिट इनर्जी मात्र रहेकामा अब हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधिको उपकरण उत्पादन गरिएको उनले बताए ।

कार्यक्रममा जापानी वैज्ञानिक यामाजी मासामुरालगायतको उपस्थिति थियो । कम्पनीले यसअघि जापानिज कम्पनीसँगको सहकार्यमा पाइरोलाइसिस प्रविधिबाट सबै किसिमका फोहोर व्यवस्थापन गर्ने उपकरण बनाएर जापान निर्यात गर्दै आएको थियो ।

हाल निर्यात भएकोसहित कुहिने फोहोरबाट मल बनाउने र फोहोरलाई ऊर्जामा परिणत गर्ने १० उपकरण तयारी अवस्थामा छन् । उक्त निर्यात हुने मेसिन उपकरणको मूल्य एक सेटको साढे तीन लाख डलर पर्ने छ । यसअघि कम्पनीले दुई वटा वातावरणमैत्री फोहोर व्यवस्थापन र हिट इनर्जी उपकरण निर्यात गरेको थियो । ती उपकरण एक सेटको साढे दुई करोड रुपियाँमा बिक्री गरेको कम्पनीको भनाइ छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?