Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

फोहोरबाट ऊर्जा उत्पादन गर्ने मेशिन जापान पठाउन सुरु


१९ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ ।

कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो ।

फोहरबाट विद्युत्, मेथन (सिएनजी) ग्यास, हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधि विकास गर्ने जापानी वैज्ञानिक यामाजी मासामुराको प्राविधिक सहयोगमा हेटौँडामा यामतो युडब्लुएस नामक उपकरण उत्पादन गरी जापानी उद्योगी व्यवसायीको माग अनुसार जापान निर्यात गरेको यामतो इन्टरनेसनल प्रालिले जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कम्पनीले उत्पादन गरेका कुहिने फोहोरबाट नवकरणीय ऊर्जा उत्पादन उपकरणको अवलोकन गर्दै आइतबार उद्योग परिसरमा आयोजित कार्यक्रममा ती उपकरण निर्यात कार्यको शुभारम्भ गरे । कार्यक्रममा उनले नेपालमा पछिल्लो समयमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरणले समस्या समाधानमा सहयोग पुग्ने बताए । उनले विद्युत् र हरियो हाइड्रोजन ग्यास उत्पादन गर्ने मेसिन नेपालमा नै उत्पादन हुनु नेपालका लागि लाभको विषय भएको बताउँदै तीनै तहको सरकारले यसको उपयोग गर्न आवश्यक कानुन निर्माण र समन्वय गर्नु आवश्यक भएको बताए । यामतो इन्टरनेसनल प्रालि हेटौँडाका सञ्चालक कृष्ण खतिवडाले आफूहरूले उत्पादन गरेको उपकरण तेस्रो पटक जापान निर्यात गर्न लागेको यो प्रविधिको माग भारतलगायत देशबाट भइरहेको बताउँदै देशभित्रै पनि प्रयोग गर्ने वातावरण निर्माण आवश्यक भएको बताए । पहिले वातावरणमैत्री फोहोर व्यवस्थापन र हिट इनर्जी मात्र रहेकामा अब हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधिको उपकरण उत्पादन गरिएको उनले बताए ।

कार्यक्रममा जापानी वैज्ञानिक यामाजी मासामुरालगायतको उपस्थिति थियो । कम्पनीले यसअघि जापानिज कम्पनीसँगको सहकार्यमा पाइरोलाइसिस प्रविधिबाट सबै किसिमका फोहोर व्यवस्थापन गर्ने उपकरण बनाएर जापान निर्यात गर्दै आएको थियो ।

हाल निर्यात भएकोसहित कुहिने फोहोरबाट मल बनाउने र फोहोरलाई ऊर्जामा परिणत गर्ने १० उपकरण तयारी अवस्थामा छन् । उक्त निर्यात हुने मेसिन उपकरणको मूल्य एक सेटको साढे तीन लाख डलर पर्ने छ । यसअघि कम्पनीले दुई वटा वातावरणमैत्री फोहोर व्यवस्थापन र हिट इनर्जी उपकरण निर्यात गरेको थियो । ती उपकरण एक सेटको साढे दुई करोड रुपियाँमा बिक्री गरेको कम्पनीको भनाइ छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?