Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्ड भदाैमा चीन जाने


१९ असार, काठमाडाैँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताएका छन्। उनले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राखे। उनले भने,’ चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।’

मन्त्री साउदले यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति हुनु ऐतिहासिक उपलब्धि भएको चर्चा गरे। बिजुलीको बजार उपलब्ध भएको र अब त्यस अनुसारको काम गर्न सक्नुपर्ने उनले बताए। उनले बङ्गलादेशमा पनि ५० मेगावाट बिजुली बेच्ने सहमति हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले भारतले चाँडै छोटो एयर रुट दिन सहमति गर्ने विश्वास पनि गरे।

मन्त्री साउदले नेपाल कुनै पनि मुलुकको सैनिक गठबन्धनमा नभएको बताउँदै त्यसमा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे। असंलग्नताले ठुला देशलाई शान्ति स्थापना र मानवताका क्षेत्रमा काम गर्न दबाब दिनु सहज हुने उनको भनाइ छ। मन्त्री साउदले सबै राजनीतिक दल सहमत हुने गरी स्थिर खालको परराष्ट्र नीति बनाउने बताए।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?