Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा


१८ असार ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले इन्टरनेटको विकास र प्रयोग बढेसँगै टेलिकम कम्पनीहरूको व्यापार कम हुँदै जाने भएकाले नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित ‘दूरसञ्चार विकास’ विषयक कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री महराले इन्टरनेटको प्रयोग बढेसँगै विध्यमान ‘टेलिकम्युनिकेशन’ क्षेत्र साँघुरिने तर्क गरे । उनले भने, “हामीले दूरसञ्चारमा क्रान्ति गर्यौ । तर अहिलेसम्म आइपुग्दा टेलिकम कम्पनीहरूको भविष्य त्यति राम्रो देखिँदैन । त्यसैले सञ्चारका नयाँ प्रविधिमा प्रविधिलाई अपनाउनुको विकल्प छैन ।”

हरेक वर्ष प्रविधिमा परिवर्तन आउने भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोहीअनुसार नयाँ नीति बनाउनुपर्ने उनको सुझाव थियो । नेता महराले भने, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संवेदनशील छ । बदलिदो प्रविधि र अभ्याससँगै नीतिमा पनि अपग्रेड हुनुपर्छ ।”

उनले सेवालाई सहर केन्द्रित मात्र नगराएर ग्रामीण दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न सरोकारवालाको ध्यानाकर्षण गराए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवा शूल्क महँगो हुनु सेवा प्रदायकको बाध्यता भएको बताए । उनले भने, “सेवा शुल्क महँगो छ । प्रत्यक्ष कर मात्रै ३२ प्रतिशत र अप्रत्यक्ष कर जोड्दा ४२ प्रतिशत हुन्छ । अर्कोतर्फ आवश्यक सबै उपकरण विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।”

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले भनिन्, “अहिले सरकारको लक्ष्यअनुसार सात सय ३९ वटा स्थानीय तहमा फोर जी सेवा पुगेको छ । बाँकी १४ स्थानीय तहमा भौगोलिक विकटताका पुर्याउन सकिएको छैन । यही वर्षभित्रमा ती क्षेत्रमा पनि फोर जी पुुर्याउने छौँ ।”

कार्यक्रममा उपस्थित निजी सेवा प्रदायक संस्थाहरूले सरकारसँगको सहकार्यमा डिजिटल नेपालको फ्रेमवर्कका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?