Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने


१८ असार, बागलुङ । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार गरिएका हुन् । स्थानीय तहले वृक्षरोपण, पोखरी निर्माण, बर,पिपल संरक्षण, कुवा तथा पौराणिक पँधेरो संरक्षणलगायत कार्यक्रम गरी पानीका मुहान जोगाउने अभियान बनाएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीति लिएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने “नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशय संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पुर्याउन तथा पानीको स्रोत संरक्षण गर्न उजाड एवं सुख्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने छ ।”

जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका बर, पिपल, समीलगायत वृक्ष रोप्नाका साथै परम्परागत चौतारी र पोखरीे संरक्षण गर्ने कार्यक्रम ल्याएको छ । “प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठूलो भूमिका निर्वाह गरेका हुन्छन्,” नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने “सचेतना कार्यक्रममार्फत सम्पदा संरक्षण गर्ने अभियानमा छौंँ ।”

काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पूर्वाधार निर्माण गरी जलचरको संरक्षण गर्ने नीति बनाएको छ । “जलचरको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ, मानव जीवनका लागि जलचरको संरक्षण पनि महत्वपूर्ण पाटो हो” गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भने, “मुहानकै कारण हाम्रा केही वडामा खानेपानीको पनि समस्या छ । खोला, खाल्साखाली पर्ती जग्गा तथा सार्वजानिक स्थलमा भएको अतिक्रमण हटाई त्यस्ता स्थानलाई सार्वजानिक प्रयोगमा ल्याउने नीति गाउँपालिकाको छ ।”

बरेङ गाउँपालिकाले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक सङ्घ–संस्था परिचालन गर्ने नीति लिएको छ । सर्वसाधारणको सहभागितामा नै सिमसार, पोखरी र मुहान संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

जलवायु परिवर्तनको जोखिमसँग जुध्न र पानीका मुहान संरक्षण गर्न यस्ता कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?