Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने


१८ असार, बागलुङ । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार गरिएका हुन् । स्थानीय तहले वृक्षरोपण, पोखरी निर्माण, बर,पिपल संरक्षण, कुवा तथा पौराणिक पँधेरो संरक्षणलगायत कार्यक्रम गरी पानीका मुहान जोगाउने अभियान बनाएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीति लिएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने “नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशय संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पुर्याउन तथा पानीको स्रोत संरक्षण गर्न उजाड एवं सुख्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने छ ।”

जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका बर, पिपल, समीलगायत वृक्ष रोप्नाका साथै परम्परागत चौतारी र पोखरीे संरक्षण गर्ने कार्यक्रम ल्याएको छ । “प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठूलो भूमिका निर्वाह गरेका हुन्छन्,” नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने “सचेतना कार्यक्रममार्फत सम्पदा संरक्षण गर्ने अभियानमा छौंँ ।”

काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पूर्वाधार निर्माण गरी जलचरको संरक्षण गर्ने नीति बनाएको छ । “जलचरको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ, मानव जीवनका लागि जलचरको संरक्षण पनि महत्वपूर्ण पाटो हो” गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भने, “मुहानकै कारण हाम्रा केही वडामा खानेपानीको पनि समस्या छ । खोला, खाल्साखाली पर्ती जग्गा तथा सार्वजानिक स्थलमा भएको अतिक्रमण हटाई त्यस्ता स्थानलाई सार्वजानिक प्रयोगमा ल्याउने नीति गाउँपालिकाको छ ।”

बरेङ गाउँपालिकाले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक सङ्घ–संस्था परिचालन गर्ने नीति लिएको छ । सर्वसाधारणको सहभागितामा नै सिमसार, पोखरी र मुहान संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

जलवायु परिवर्तनको जोखिमसँग जुध्न र पानीका मुहान संरक्षण गर्न यस्ता कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?