Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राजु लामाको मंगोलियन हार्टले शुक्रबार ठमेलमा लाइभ कन्सर्ट गर्ने


काठमाडौं÷ गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।
कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरुमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीतहरु प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, तिर्सला गुरुङ लगायतले लाइभ ब्यान्डसहित सांगितिक प्रस्तुति दिएका थिए ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ। केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?