Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

आज मिति २०८० साल असार १८ गते सोमबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल असार १८ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – विगतका गल्ती तथा कमी कमजोरीहरुलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ। अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरुवर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ। आकस्मिक धन तथा सम्पत्ति हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ। व्यापारमा लगानी बढाउँदै आम्दानीमा वृद्धि गर्न सकिनेछ। साँझपख समय मध्ययम रहेकोले आफन्त तथा मावली पक्षसँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ।

वृष – आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ। छाती सम्बन्धि सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला। प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला। व्यापार व्यवसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। साँझपखको समय उत्तम रहेकोले आम्दानी बढ्नेछ भने अध्ययनमा सुधार भएर जानेछ।

मिथुन – व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन। यात्रा गर्दा विशेष ख्याल गर्नुहोला गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ। मायाप्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ। आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायीक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन। खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईंको पक्षमा नतिजा नआउन सक्छ।

कर्कट – व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। आत्मिय मित्र तथा साथीभाइहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ। अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ। बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ। साँझपख दाजुभाइसँग मनमुटाव हुनेछ।

सिंह – राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ। व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ। सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरनले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ।

कन्या – लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ। अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ। न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन। अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ। माया प्रेममा मनमुटाव सिर्जना हुनेछ।

तुला – विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ। आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ। बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ। साँझपख लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ।

बृश्चिक – नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन्। पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानसिकक तनाव बढ्नेछ। सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ। माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ। आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर व्यस्त रहँदा आफ्नो काम थाती रहनेछ। व्यापार व्यावसायमा लगानी गर्न केही समय पर्खनु उचित हुनेछ।

धनु – लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ। व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ। माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन्। प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ। साँझपख व्यापारमा घाटा लाग्न सक्छ।

मकर – आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन्। व्यापारमा उधारो लगेर नतिर्नेहरु हावी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ। माया प्रेममा तित्तmता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ। साँझपख समय राम्रो रहेकोले बैंक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ। लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ।

कुम्भ – भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, हतार गरी प्रयोग गर्नाले अप्रिय घटना नघट्ला भन्न सकिन्न। जीवन साथीसँगको असमझदारीले दैनिक कामहरु प्रभावित हुनेछन्। माया प्रेममा नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता हुनेछ, ध्यान दिनुहोला। व्यापार व्यावसायमा रुपैयाँ पैसाको व्यवस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्छ।

मीन – न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुने छैनन् भने वादविवाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ। पुराना समस्याहरु बल्झन सक्छ, ध्यान दिनुहोला। अध्ययन अध्यापनमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ। मामा तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ। साँझपख समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन लाभ हुनेछ भने सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?