Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कोशी करिडोरमा साँढे छ किमी ट्र्याक बाँकी


१७ असार ,कोशी । कोशी प्रदेशको समृद्धिको आधार बन्न सक्ने कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनालाई खाँदबारी–किमाथाङ्का खण्डमा साँढे १० किमी ट्र्याक खोल्न दिइएकामा अहिले सो काम भइरहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयले जनाएको छ ।

सरकारले दुई वर्ष पहिले सो खण्डको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएको थियो । आयोजना कार्यालय आफैँले ट्र्याक खोल्ने ठाउँमा काम भइसकेको आयोजनाका प्रमुख श्यामबहादुर खड्काकाले जानकारी दिए । अप्ठेरो खण्डमा काम बाँकी भएकाले त्यो मात्रै सेनालाई दिइएको थियो । उनले भने, “सेनाले ट्र्याक खोलेपछि हामी स्तरोन्नति गर्छाैँ ।”

यसअघि आयोजना आफैँले ट्र्याक खोलिसकेको भागमा अहिले स्तरोन्नति भइरहेको छ । खाँदबारीको लबिङ हिलदेखि अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटसम्म अहिले स्तरोन्नति भइरहेको र यो खण्डमा ४९ किमीसम्म कालोपत्रको ठेक्का सञ्चालनमा रहेको र त्यसपछिको ३० किमीमा ग्राभेल भइसकेको छ ।

आयोजना प्रमुख खडकाले भने, “कालोपत्रका लागि स्रोत सुनिश्चित हुन बाँकी छ ।” करिडोरको एक सय ६२ किमी लम्बाइमध्ये अहिले ८० किमीमा स्तरोन्नति भइसकेको छ भने ८२ किमीमा स्तरोन्नति गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । ट्र्याक खुलिसकेर स्तरोन्नति हुन बाँकी खण्डमा स्रोत सुनिश्चितताका लागि योजना आयोग र अर्थ मन्त्रालयमा फाइल पेस गरिएकामा टुङ्गो लागेपछि काम काम अघि बढ्ने उनको भनाइ थियो ।

ट्र्याक खोल्न थोरै मात्रै बाँकी भएकाले पनि सरकारले पर्याप्त बजेट विनियोजन गरेमा यसलणई सम्पन्न गर्न लामो समय नलाग्ने देखिएको छ । निश्चित समयमा सक्न त्यहीअनुसार स्रोत सुनिश्चित हुनुपर्ने र बजेट विनियोजन हुनुपर्ने आयोजना प्रमुख खड्काले बताए । निर्माण कम्पनीले त्यहीअनुसार काम गर्न आवश्यक छ । उनले भने, “बाँकी खण्डमा ठेक्का लगाउन जति ढिला भयो योजनाको अवधि पनि उति नै लामो हुन्छ ।”

नयाँ लक्ष्य निर्धारणका लागि पहिले सोत सुनिश्चित भएपछि कति समय लाग्छ भन्ने हिसाब गर्न सकिन्छ । आगामी आवमा सरकारले उत्तर दक्षिण करिडोर सडकका लागि रु तीन अर्ब ४० करोड विनियोजन गरेको छ । यो रकम गत वर्षभन्दा खासै कम देखिदैन । आयोजना प्रमुख खड्काले भने, “पहिरो कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी रहेको छ ।”

कतिपय स्थानमा नेपालतर्फबाट ट्र्याक नै नखुलेकाले चीनतर्फबाट सामान ल्याएर गर्नुपर्ने छ । केही समय पहिलेसम्म सीमा रोकिएकाले आवश्यक सामग्री आयातमा समस्या रहेपनि अहिले समस्या समाधान हुन थालेको छ । उत्तर–दक्षिण करिडोरमा भौगोलिक कठीनाइका कारण पनि समस्या आइरहेको छ ।

उत्तरी क्षेत्रमा हिउँ पर्ने र चिसोका कारण काम गर्न मिल्ने अवधि कम रहेको छ । राष्ट्रिय गौरबका तीन करिडोर सडकमध्ये सबैभन्दा बढी ट्र्याक खोल्न कोशी करिडोरमा नै बाँकी देखिएको छ । सरकारले भारतीय सीमादेखि उत्तरी सीमासम्म फैलने गरी केही वर्ष पहिले कोशी, कर्णाली र कालीगण्डकी करिडोर सडक निर्माण सुरु गरेको थियो ।

निर्माणाधीन तीन करिडोर सडकमध्ये कालीगण्डकी करिडोरमा प्रगति तुलनात्मकरुपमा बढी रहेको छ । कालीगण्डकी करिडोरमा वैदेशिक सहयोग भए पनि कोशी र कर्णाली सरकारको लगानीमा निर्माण भइरहेका छन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?