Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

स्वास्थ्यमन्त्री बस्नेतले लिए पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी


१७ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका हुन् ।

फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार डा अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ ।

यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराएका छन् । अस्पतालका निर्देशक डा पौडेलका अनुसार आज बिहान उनले दाँतको उपचार गराएका हुन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?