Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्टहरु एकताबद्ध हुनुपर्दछ : प्रधानमन्त्री प्रचण्ड


१७ असार, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गरेका छन् । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं ।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उहाँले आफूहरुको संकल्प रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले देशब्यापी स्वरुप लियो । देशको पहिलो शक्ति बनिसक्यो । यो शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तात्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धि तिर जान सकिन्छ र समाजवाद तिर पनि देशलाई डो-याउन सकिन्छ भनेको थिएँ । र, कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाई प्राप्त पनि भयो । जनतामा ठूलो उभार र उत्साह देखापर्यो । कम्युनिष्ट समर्थक र शुभेच्छुकमा ठूलो उत्साह र उभार देखापर्यो । प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरुमा एउटा आतंक जस्तो भयो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म यसमा कसैलाई दोषारोपण गर्दिन । हामी एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नु पर्दछ । किनकी विश्वभरिकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको छ ।’


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?