Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्टहरु एकताबद्ध हुनुपर्दछ : प्रधानमन्त्री प्रचण्ड


१७ असार, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गरेका छन् । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं ।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उहाँले आफूहरुको संकल्प रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले देशब्यापी स्वरुप लियो । देशको पहिलो शक्ति बनिसक्यो । यो शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तात्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धि तिर जान सकिन्छ र समाजवाद तिर पनि देशलाई डो-याउन सकिन्छ भनेको थिएँ । र, कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाई प्राप्त पनि भयो । जनतामा ठूलो उभार र उत्साह देखापर्यो । कम्युनिष्ट समर्थक र शुभेच्छुकमा ठूलो उत्साह र उभार देखापर्यो । प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरुमा एउटा आतंक जस्तो भयो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म यसमा कसैलाई दोषारोपण गर्दिन । हामी एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नु पर्दछ । किनकी विश्वभरिकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको छ ।’


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?