Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत


१६ असार, पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।”

लामो इतिहास बोकेर आएको पार्टीका भएकाले उनले कार्यकर्तालाई विचलित नभई सङ्गठित रुपमा अगाडि बढ्न सुझाव दिए । नेपालमा कांग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उनको दाबी थियो ।

आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण कांग्रेस पछि परेको भन्दै उनले नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको आरोप समेत लगाए ।

कानूनी शासनमा विश्वास गर्ने पार्टी भएकाले नेपाली कांग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैं आएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता एक ढिक्का हुन आग्रह गरे ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?